विराटनगरमा थपियो भदौ ५ सम्म लकडाउन « Khabarhub

विराटनगरमा थपियो भदौ ५ सम्म लकडाउन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा लकडाउनको समय थप गरेको छ ।

यसअघि शुक्रबार (भोलि)सम्मका लागि तोकिएको लकडाउन अब भदौ ५ गतेसम्मका लागि थपिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।

कोरोना संक्रमित बढेपछि महानगरमा साउन १६ गतेबाट लकडाउन लागू गरिएको हो । लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए ।

लकडाउन यता थप ३०६ गरी विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ ।

संक्रतिम मध्ये ४९ जना होम आइसोलेशनमा छन् । ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ८ : २२ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि