विराटनगरमा थपियो भदौ ५ सम्म लकडाउन « Khabarhub

विराटनगरमा थपियो भदौ ५ सम्म लकडाउन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा लकडाउनको समय थप गरेको छ ।

यसअघि शुक्रबार (भोलि)सम्मका लागि तोकिएको लकडाउन अब भदौ ५ गतेसम्मका लागि थपिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।

कोरोना संक्रमित बढेपछि महानगरमा साउन १६ गतेबाट लकडाउन लागू गरिएको हो । लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए ।

लकडाउन यता थप ३०६ गरी विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ ।

संक्रतिम मध्ये ४९ जना होम आइसोलेशनमा छन् । ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ८ : २२ बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने