सलाहको ह्याट्रिकमा लिभरपुलको विजयी सुरूवात, लिड्स युनाइटेड पराजित « Khabarhub

सलाहको ह्याट्रिकमा लिभरपुलको विजयी सुरूवात, लिड्स युनाइटेड पराजित


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मोहमद सलाहको ह्याट्रिकमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरूवात गरेको छ ।

साविक विजेता लिभरपुलले शनिबार राति भएको यस सिजनको आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जीत दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।

लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए । खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

१२औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

२०औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो । ३०औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

३३औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-२ को अग्रता दिलाए । खेलको ६६औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८८औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जीत दिलाए ।

यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ५ : ४५ बजे

बाढीमा सिन्धुपाल्चोकका डेढ सयजना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब १

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका

चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ

काठमाडौं- चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति