फुलहमलाई ३-० ले हराउँदै प्रिमियर लिगमा आर्सनलको विजयी सुरूवात « Khabarhub

फुलहमलाई ३-० ले हराउँदै प्रिमियर लिगमा आर्सनलको विजयी सुरूवात


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

आर्सनलको जीतमा एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे ।

फुलहमको घरेलु मैदानमा आर्सनलले खेलको ९औँ मिनेटमा लाकाजेटको गोलबाट अग्रता बनाएको थियो ।

विलियनले प्रहार फुलहमका गोलकिपर मारेक रोडकले रोकेपछि आएको रिबाउन्ड बलमा अनमार्क रहेका लाकाजेटले गोल गरेका थिए ।

लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने । यसअघि उनी सन् २०१८ को सिजन पनि प्रिमियर लिगका पहिलो गोलकर्ता बनेका छन् ।

दोस्रो हाफमा आर्सनलले थप दुई गोल थप्यो । खेलको ४९औं मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । उनले विलियनको कर्नरमा हेड गोल गरेका थिए ।

डिफेन्डर ग्राबियलले डेब्यु खेलमै गोल गरेका हुन् । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट यसै समरमा अनुबन्ध गरेको थियो ।

५७औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३-० को जीत सुनिश्चित गरे ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ०९ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको