फुलहमलाई ३-० ले हराउँदै प्रिमियर लिगमा आर्सनलको विजयी सुरूवात « Khabarhub

फुलहमलाई ३-० ले हराउँदै प्रिमियर लिगमा आर्सनलको विजयी सुरूवात


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

आर्सनलको जीतमा एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे ।

फुलहमको घरेलु मैदानमा आर्सनलले खेलको ९औँ मिनेटमा लाकाजेटको गोलबाट अग्रता बनाएको थियो ।

विलियनले प्रहार फुलहमका गोलकिपर मारेक रोडकले रोकेपछि आएको रिबाउन्ड बलमा अनमार्क रहेका लाकाजेटले गोल गरेका थिए ।

लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने । यसअघि उनी सन् २०१८ को सिजन पनि प्रिमियर लिगका पहिलो गोलकर्ता बनेका छन् ।

दोस्रो हाफमा आर्सनलले थप दुई गोल थप्यो । खेलको ४९औं मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । उनले विलियनको कर्नरमा हेड गोल गरेका थिए ।

डिफेन्डर ग्राबियलले डेब्यु खेलमै गोल गरेका हुन् । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट यसै समरमा अनुबन्ध गरेको थियो ।

५७औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३-० को जीत सुनिश्चित गरे ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ०९ बजे

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान