सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो (फोटोफिचर) | Khabarhub Khabarhub

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो (फोटोफिचर)


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे-७ क्षेत्रमा गएराति भीषण पहिरो गएको छ । भिरखर्क, नागपुजे र चाङसारलगायतका ठाउँमा गएको पहिरोले ठूलो क्षति पुगेको जनाइएको छ ।

स्थानीयले दिएको प्रारम्भिक विवरण अनुसार १८ घर पुरिएको र १३ जना बेपत्ता भएको जनाइए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले जनाए ।

घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।

गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्‍याएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

तस्वीर- बजिरसिंह भण्डारीको फेसबुकबाट

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ३२ बजे

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा

पोखरा- गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले

गण्डकीमा सभामुखकाे मत जाेडेर मुख्यमन्त्रीले पाए विश्वास

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी

कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै

काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल