काभ्रेका ५२ प्रतिशत संक्रमितले कोरोना जिते « Khabarhub

काभ्रेका ५२ प्रतिशत संक्रमितले कोरोना जिते


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकका कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।

“जिल्लाका कूल सङ्क्रमितमध्ये ५२ प्रतिशत निको भएर घर फर्किएका छन्, हामी कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उपचारमा दत्तचित्त छौँ”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने ।

झाका अनुसार जिल्लामा कोरोना जित्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८२ छ । सङ्क्रमितमध्ये १४२ अस्पताल आइसोलेसन र ४० होम आइसोलेसनमा रहेको पोष्टले जनाएको छ । होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पुर्याइरहेको झाले बताए ।

त्यसो त काभ्रेपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । एक नगर तथा छ गाउँपालिका कोरोनामुक्त अवस्थामा रहेका हुन् । जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।

जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ०९ प्रतिशत सङ्क्रमित बनेपा नगरमा छन् । बनेपाका सङ्क्रमितमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या दोब्बर छ । सबैभन्दा कम नमोबुद्ध नगर र भुम्लु गाउँपालिकमा दुई/दुई रहेका छन् । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये बनेपामा ९३, धुलिखेल नगरमा ५०, पनौतीमा चार र पाँचखालमा १० छन् ।

नयाँ सङ्क्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताए । उनले भने, “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पीसीआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उनका अनुसार कन्ट्याक्ट ट्रेसिङमा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण देखिएको छ । जिल्लास्थित १३ स्थानीय तहमा हाल ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : २२ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल