कुलमान घिसिङको आजबाट बिदाई « Khabarhub

कुलमान घिसिङको आजबाट बिदाई


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै बिदाई हुने भएका छन् । पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबडे पछि उनी बिदाई हुने पक्का भएको हो ।

२०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन ।

यसअघिको मन्त्रिपरिषद् २ पटक बस्न नसके पछि उनलाई नियुक्ति दिने विषय समेत अन्यौलमा परेको छ । उर्जा मन्त्री र पार्टी अध्यक्ष प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्ष छन् भने प्रधानमन्त्रीले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताएका छन्।

प्रचण्ड निकट कुलमानले प्रधानमन्त्रीसँग भने कुनै पनि सल्लाह नगरी एक पक्षीय रुपमा नियुक्ति लिन खोजे पछि प्रधानमन्त्रीले उनको नियुक्तिका विषयलाई कम चासो राखेको छ ।

निकै कमाइ हुने मध्ये पर्ने विद्युत प्राधिकरणको प्रमुख भएर घिसिङले सरकार प्रमुखसँग भेटघाट समेत नगरी प्रचण्डकै दवावमा नियुक्ति लिन खोज्नुनै गल्ती भएको स्रोतको भनाई छ। प्रचण्ड पक्षलाई आर्थिक सहायता समेत गर्दै आएको तर घिसिङले सरकार प्रमुखलाई चासो नदेखाएको समेत आरोप छ ।

प्रचण्ड र ओलीबीच समजदारी भए घिसिङको नियुक्ति हुने स्रोतको भनाई छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ११ : २३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा