कुलमान घिसिङको आजबाट बिदाई « Khabarhub

कुलमान घिसिङको आजबाट बिदाई


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै बिदाई हुने भएका छन् । पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबडे पछि उनी बिदाई हुने पक्का भएको हो ।

२०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन ।

यसअघिको मन्त्रिपरिषद् २ पटक बस्न नसके पछि उनलाई नियुक्ति दिने विषय समेत अन्यौलमा परेको छ । उर्जा मन्त्री र पार्टी अध्यक्ष प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्ष छन् भने प्रधानमन्त्रीले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताएका छन्।

प्रचण्ड निकट कुलमानले प्रधानमन्त्रीसँग भने कुनै पनि सल्लाह नगरी एक पक्षीय रुपमा नियुक्ति लिन खोजे पछि प्रधानमन्त्रीले उनको नियुक्तिका विषयलाई कम चासो राखेको छ ।

निकै कमाइ हुने मध्ये पर्ने विद्युत प्राधिकरणको प्रमुख भएर घिसिङले सरकार प्रमुखसँग भेटघाट समेत नगरी प्रचण्डकै दवावमा नियुक्ति लिन खोज्नुनै गल्ती भएको स्रोतको भनाई छ। प्रचण्ड पक्षलाई आर्थिक सहायता समेत गर्दै आएको तर घिसिङले सरकार प्रमुखलाई चासो नदेखाएको समेत आरोप छ ।

प्रचण्ड र ओलीबीच समजदारी भए घिसिङको नियुक्ति हुने स्रोतको भनाई छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ११ : २३ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल