जापानी अनुसन्धाताले तयार पारे झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक « Khabarhub

जापानी अनुसन्धाताले तयार पारे झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक विद्युतीय बाइक बनाएका छन् ।

उक्त बाइक अरु बाइकका तुलनामा भने फरक छ । अनुसन्धाताको एक टिमले पट्याएर भिर्ने झोलामा राख्न मिल्ने बाइक बनाएका हुन् ।

पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (पोइमो) नाम राखिएको उक्त विद्युतीय बाइक टोकियो विश्वविद्यालयको एक अनुसन्धान टोलीले बनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेखि छोटो र मध्यम दूरीको यातायात प्रभावकारी बनाउन प्रयत्न गरिरहेका थिए ।

उक्त विद्युतीय बाइक कतिपय ठाउँमा झोलाबाट निकालेर त्यसमा चढेर यात्रा गर्न मिल्छ भने सार्वजनिक यातायातमा उभिँदा झोलामा राखेर समेत यात्रा गर्न मिल्छ ।

समाचारका अनुसार बाइकमा एउटा सानो विद्युतीय पम्प पनि राखिएको छ, जसले यसको फ्रेमलाई एक मिनेटमा फुलाएर बस्न मिल्ने बनाउँछ ।

बाइकमा रबरका दुई जोडी पाङ्ग्रा जोडिएको छ भने सानो विद्युतीय मोटर पनि जडान गरिएको छ । त्यस्तै यो बाइकमा वायरलेस नियन्त्रक पनि समावेश छ ।

अहिले यो बाइकको तौल साढे ५ किलो भएको र अनुसन्धाता टोलीले अझै हलुका बाइक निर्माण गर्ने बताइएको छ ।

–एजेन्सी

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  २ : १० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले