लागुऔषध कारोबारको आरोपमा एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ « Khabarhub

लागुऔषध कारोबारको आरोपमा एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – प्रहरीले झापामा प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीको विशेष टोलीले ४ केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

त्यस्तै, विर्तामोड नगरपालिकाबाट एग्रोभेट सञ्चालकलाई पनि लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार विर्तामोड–३ मा सञ्चालनमा रहेको गोपाल एग्रोभेटका सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई २२ ग्राम लागुऔषध (ब्राउनसुगर) सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै मेचीनगरपालिका–१३ स्थित इलाम रोडबाट ८।५ ग्राम ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–१० निवासी १८ वर्षीय विशाल लिम्बू र वडा नम्वर १२ निवासी २३ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्न उनीहरुले चलाएको मे ४ प ७७२६ नम्वरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

विर्तामोड नगरपालिका–१ अदुवा खोला छेउबाट लागुऔषधको कारोबार गरिरहेका ३ जनालाई शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रहरीले लागुऔषध (ब्राउनसुगर) बिक्री गर्दागर्दै ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा सन्दीप धिमाल, आकाश राई र आशिष राई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

पछिल्लो समय झापामा लागुऔषध कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । सोही क्रममा प्रहरीले एकै दिन जिल्लाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो । रासस

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  २ : २५ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल