चितवनका यातायात व्यवसायी भन्छन् – बिहीबारबाट गाडी गुडाउँछौ « Khabarhub

चितवनका यातायात व्यवसायी भन्छन् – बिहीबारबाट गाडी गुडाउँछौ


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनका यातायात मजदुर र व्यवसायीहरुले जिल्ला प्रशासन कार्यलयलाइ आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन चलाउने जानकारी गराएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं, नेपाल यातायात मजदुर संघ, अनेरास्ववियु मजदुर संघ र नेपाल स्वतन्त्र मजदुर संघ चितवनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १ बाट लामो र छोटो दूरीका सार्वजनिक सवारी गुडाउन माग गरेका हुन् ।

कोरोनासँग डराएरभन्दा पनि सुरक्षित तवरले मापदण्ड पालना गरेर गाडी चलाउने वातावरण बनाइदिन आग्रह गरेको महासंघले जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘ असोज १ गतेबाट लामो, मध्यम,छोटो र स्थानीय रुटका सम्पूर्ण सवारी साधन चितवन भित्र र बाहिरि जिल्लामा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछौ अन्यथा श्रमिक र व्यवसायीहरु स्वतस्फूर्त रुपमा सवारी चलाउन बाध्य हुनेछौ ।’

लकडाउनका कारण करिब ६ महिनादेखि सार्वजनिक सवारीसाधन बन्द हुँदा लाखौ परिवार संकटमा परेको र अब निषेधाज्ञा थेग्न नसक्ने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : १९ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल