चितवनका यातायात व्यवसायी भन्छन् – बिहीबारबाट गाडी गुडाउँछौ « Khabarhub

चितवनका यातायात व्यवसायी भन्छन् – बिहीबारबाट गाडी गुडाउँछौ


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनका यातायात मजदुर र व्यवसायीहरुले जिल्ला प्रशासन कार्यलयलाइ आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन चलाउने जानकारी गराएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं, नेपाल यातायात मजदुर संघ, अनेरास्ववियु मजदुर संघ र नेपाल स्वतन्त्र मजदुर संघ चितवनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १ बाट लामो र छोटो दूरीका सार्वजनिक सवारी गुडाउन माग गरेका हुन् ।

कोरोनासँग डराएरभन्दा पनि सुरक्षित तवरले मापदण्ड पालना गरेर गाडी चलाउने वातावरण बनाइदिन आग्रह गरेको महासंघले जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘ असोज १ गतेबाट लामो, मध्यम,छोटो र स्थानीय रुटका सम्पूर्ण सवारी साधन चितवन भित्र र बाहिरि जिल्लामा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछौ अन्यथा श्रमिक र व्यवसायीहरु स्वतस्फूर्त रुपमा सवारी चलाउन बाध्य हुनेछौ ।’

लकडाउनका कारण करिब ६ महिनादेखि सार्वजनिक सवारीसाधन बन्द हुँदा लाखौ परिवार संकटमा परेको र अब निषेधाज्ञा थेग्न नसक्ने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : १९ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले