अब २ हजार रुपैयाँमै कोरोना परीक्षण | Khabarhub Khabarhub

अब २ हजार रुपैयाँमै कोरोना परीक्षण


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना परीक्षणको शुक २ हजार तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत अबदेखि कोरोना परीक्षणको शुल्क २ हजार निर्धारण गरिएको बताए ।

डा गौतमले पीसीआर परीक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबैशुल्क सहित अधिकतम २ हजार तोकिएको बताए ।

स्वास्थ्य मन्त्रालयले शुरुमा नेपालमा ५ हजार ५ सयमा पीसीआर परीक्षण गराएको थियो । उक्त शुल्क केही सयम अघि घटाएर ४ हजार ४ सय कायम गरेको थियो ।

विभिन्न प्रयोगशाला तथा निजी असपतालहरुले २५ सयमै कोरोना परीक्षण गर्न थालेपछि सरकारले पीसीआर परीक्षणको शुल्क महंगो लिएको जनगुनासो बढेको थियो ।

कोरोना परीक्षणको शुल्क निजी अस्पतालको भन्दा सरकारी प्रयोगशालाको बढी भएको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले परीक्षण शुल्क घटाएर २ हजार बनाएको हो ।

डा गौतमले बंगलादेशबाट ५ हजार भाइल रेम्डेसिभिर उपलब्ध भएको भन्दै उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार प्रयोग गर्न सुचीकृत भएका अस्पतालहरुमा मात्र बिरामीको चाँपको आनुसार वितरण गर्ने बताए ।

उनले त्यसको सम्पूर्ण विवरण परिषद्ले नै स्वास्थ्य मन्त्रालयले पेस गर्नुपर्ने पनि बताए ।

यस्तै नेपालमा एम्बुलेन्सहरु बिरामी बोक्ने बाहेक अन्य काममा प्रयोग भइरहेको गुनासो बढेको हुँदा यस्तो गरेको पाइए उनीहरुको दर्ता खारेज गरिने पनि डा गौतमले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ०९ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच