गृहमन्त्री थापा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता | Khabarhub Khabarhub

गृहमन्त्री थापा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र पाकिस्तानबीच द्विक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेको राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिए ।

गृहमन्त्री थापाले नेपाल-पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा उनलाई धन्यवाद दिए ।

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाइ सुखद रहेको बताए ।  उनले नेपाल र नेपालीबाट सहयोग तथा न्यानो माया पाएको बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ३७ बजे

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्