बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार कोरोनाबाट मृत्यु हुनेमा विराटनगर–१२ का ७० वर्षीय पुरुष रहेका छन्।

ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रस्वासकाे समस्या देखिएको तथा उनी उच्च रक्तचापका विरामी रहेको प्रतिष्ठानले जानकारी दिएको छ।

उनमा प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा भदौ १६ गते कोरोना पुष्टि भएको थियो। भदाै १७ गते उनलाई प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार उपचारको क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको हो।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु