नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयले कोरोना रोकथाममा सघाउन बनायो ‘स्वयं सेवा टिम’ « Khabarhub

नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयले कोरोना रोकथाममा सघाउन बनायो ‘स्वयं सेवा टिम’


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘स्वयं सेवा टिम’ गठन गरेको छ ।

श्रेष्ठको निजी सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ स्वयं सेवा(सीभीएस) टिम गठन गरेको जानकारी दिएको हो ।

सीभीएस टिमले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारको कामलाई सफल बनाउने र कोभिड संक्रणको मारमा परेकालाई सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ ।

‘तत्कालको मुख्य आवश्यकता भनेको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भई मानव जीवन रक्षा गर्नु हो।’ विज्ञप्तिमा भनिएको छ ।

सीभीएसले कोभिड उपचार सम्बन्धि प्रकिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने काम गर्ने श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी आपतकालीन स्वास्थ्य परामर्श दिने, आप्रवासी श्रमिकको उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग गर्ने तथा कोभिड–१९ बारे सचेतना फैलाउने काम गर्ने जनाइएको छ ।

सचिवालयले गठन गरेको कोभिड–१९ स्वयं सेवा(सीभीएस) टीममा २९ जना रहेका छन् ।

यस्तो छ सचिवालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : २५ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’