इंग्लिस प्रिमियर लिग : लेष्टरको विजयी सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : लेष्टरको विजयी सुरुवात


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलामा वेष्ट ब्रमविचलाई उसैको घरेलु मैदानमा २–० गोल अन्तरले हराउँदै लेष्टरले विजयी सुरुवात गरेको हो ।

पहिलो हाफसम्म खेल गोलरहित बराबरी रहेको थियो । तर, दोस्रो हाफको ११ औं मिनेट अर्थात् खेलको ५६ औं मिनेटमा लेष्टरका लागि टिमओथि कास्टाग्नेले गोल गर्दै अग्रता दिलाए ।

बेल्जियमका डिफेन्डर कास्टाग्ने यही सिजनमा लेष्टरमा आवद्ध भएका हुन् । सिजनको पहिलो खेलमै उनले लेष्टरका लागि डेब्यु गोल गर्न सफल भए ।

यस्तै, लेष्टरका लागि दोस्रो र तेस्रो गोल भने जेमी भार्डीले पेनाल्टी सुटआउट मार्फत् गरेका हुन् ।

उनले खेलको ७४ औं र ८४ औं मिनेटमा पेनाल्टी सुटआउटमा गोल गरेका हुन् । ब्रमविचका खेलाडीले पेनाल्टी क्षेत्रमा  फाउल गर्दा लेष्टरले दुई पेनाल्टी अवसर पाएका थियो ।

यस्तै, पहिलो खेलमा जित हात पारेको लेष्टरले ३ अंक जोडेको छ भने ब्रमविच घरेलु मैदानमा अंकविहीन भएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ८ : ५७ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको