इंग्लिस प्रिमियर लिग : लेष्टरको विजयी सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : लेष्टरको विजयी सुरुवात


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलामा वेष्ट ब्रमविचलाई उसैको घरेलु मैदानमा २–० गोल अन्तरले हराउँदै लेष्टरले विजयी सुरुवात गरेको हो ।

पहिलो हाफसम्म खेल गोलरहित बराबरी रहेको थियो । तर, दोस्रो हाफको ११ औं मिनेट अर्थात् खेलको ५६ औं मिनेटमा लेष्टरका लागि टिमओथि कास्टाग्नेले गोल गर्दै अग्रता दिलाए ।

बेल्जियमका डिफेन्डर कास्टाग्ने यही सिजनमा लेष्टरमा आवद्ध भएका हुन् । सिजनको पहिलो खेलमै उनले लेष्टरका लागि डेब्यु गोल गर्न सफल भए ।

यस्तै, लेष्टरका लागि दोस्रो र तेस्रो गोल भने जेमी भार्डीले पेनाल्टी सुटआउट मार्फत् गरेका हुन् ।

उनले खेलको ७४ औं र ८४ औं मिनेटमा पेनाल्टी सुटआउटमा गोल गरेका हुन् । ब्रमविचका खेलाडीले पेनाल्टी क्षेत्रमा  फाउल गर्दा लेष्टरले दुई पेनाल्टी अवसर पाएका थियो ।

यस्तै, पहिलो खेलमा जित हात पारेको लेष्टरले ३ अंक जोडेको छ भने ब्रमविच घरेलु मैदानमा अंकविहीन भएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ८ : ५७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा