संक्रमणमुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भए ट्रम्प « Khabarhub

संक्रमणमुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भए ट्रम्प


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमण मुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भएका छन् ।

ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीका अनुसार स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी १२ दिनपछि संक्रमण मुक्त भएका हुन्  । कोरोना भाइरसबाट मुक्त भएसँगै उनी फ्लोरिडाको सनफोर्डमा चुनावी र्‍यालीमा सहभागी भएका छन् ।

उक्त सभालाई सम्बोधन गर्दै ट्रम्पले आफू रोग प्रतिरोधी भएको बताएका छन् । उनले भने,’म रोगप्रतिरोधी भए, अब मलाई भाइरसले आक्रमण गर्दैन ।’

अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फ्लोरिडाको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए । उनले सञ्चारमाध्यम पनि पक्षपाती भएको बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : २५ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार