साउदीमा ८ महिनादेखि अलपत्र एक नेपालीको उद्धार « Khabarhub

साउदीमा ८ महिनादेखि अलपत्र एक नेपालीको उद्धार



दोहा- साउदी अरबमा ८ महिनादेखि अलपत्र परेका एक नेपालीको उद्धार गरिएको छ ।

साउदीको रियादमा अलपत्र परेका कैलालीका शेर बहादुर कडाराको उद्धार गरि नेपाल पठाइएको सहयोगी एकता समाज साउदीका सस्थापक अध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

साउदीमा क्रियासिल सामाजिक संस्थाहरु सहयोगी नेपाली एकता समाज, अन्तर समन्वय समिति र सुदूर पश्चमेली समाजका दुई सामाजिक अभियान्ताहरुको संयुक्त प्रयासमा स्वदेश फर्काउन सफल भएको उनले बताए ।

कोरोनाका कारण कम्पनी बन्द भएपछि कडारा ८ महिना देखि रियादमा अलपत्र परेका थिए । कम्पनी सञ्चालक सम्पर्कमा नआएपछि साउदीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाई दिएको थियो ।

हवाई टिकट खर्च बापत अन्तर समन्वय समितिबाट ९ सय साउदी रियाल, सुदूर पश्चिमेली समाजका सामाजिक अभियान्ताहरु जगदिश नाथबाट ५ सय रियाल र चक्र मल्लबाट ४ सय रियाद सहयोग प्राप्त भएको थियो ।

सहयोगी नेपाली एकता समाजले उनको पीसीआर टेष्ट र काठमाडौ देखि धनगढीसम्म जानका बस भाडा बापत ६ सय रियाल उपलब्ध गराएको समाजका संस्थापक अध्यक्ष भट्टले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ५५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल