शिशुलाई स्तनपान गराउँदा हुने १६ फाइदा « Khabarhub

शिशुलाई स्तनपान गराउँदा हुने १६ फाइदा


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवजात शिशुलाई आमाको दूध अमृत समान मानिन्छ । त्यसैले शिशु ६ महिनासम्मको हुदाँ आमाको दूध मात्र सेवन गराउन चिकित्सक सुझाउछन् ।

आमाको दूधलाई पोषण मात्र नभई जीवनको आधार मानिन्छ । तर पछिल्लो पुस्ताका कतिपय आमाहरु बढ्दो आधुनिकतामा आफ्नो बच्चालाई स्तनपान गराउदैनन् । यो केवल बच्चालाई मात्र नभई आमाका लागी समेत हानिकारक छ ।

नयाँ पुस्ताका आमाहरु शरीर बिग्रने डरमा बच्चालाई आफ्नो स्तनपान गराउदैनन् । तर चिकित्सकहरु शिशुलाई कम्तिमा जन्मेको ६ महिनासम्म स्तनपानमा नै निर्भर राख्नुपर्ने बताउँछन् । स्तानपान अभावमा बर्षेनी हजारौँ बालबालिकामा कुपोषण समस्या रहने गरेको छ । त्यसैले शिशुको जीवनका लागि आमाको दूध अति नै महत्वपूर्ण हुन्छ ।

यस्तो छ, स्तनपानको फाइदा :

१. आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा हुन्छ ।
२. स्तनपान शिशु अघाउने सबैभन्दा सस्तो माध्यम हो, यसका निम्ती खर्च लाग्दैन ।
३. स्तनपान गराउने आमा र उनको शिशुको बिच भावनात्मक सम्बन्ध मजबुत हुन्छ ।
४. केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ जहाँ आमाको दूध सुरक्षित हुन्छ ।
५. स्तनपानले आमा र बच्चा दुवैलाई आत्मिय र सुरक्षित भएको अनुभूति दिन्छ ।
६. कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवति हुनबाट बचाउँछ ।
७. स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
८. आमाको दूधले शिशुको प्रतिरोधक क्षमता बढाउने गर्दछ ।
९. स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ ।
१०. आमाको दूधको सेवनले शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
११. स्तनपानले बच्चालाई क्यान्सर, पखाला र निमोनियाजस्ता रोगबाट बचाउँछ ।
१२. स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ ।
१३. आमाको दूधमा हुने प्राकृतिक रसायन पनि हुन्छन् यसले बच्चालाई लाभ पुर्याउँछ ।
१४. बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
१५. दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।
१६. स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगहरुबाट जोगाउँछ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर