शिशुलाई स्तनपान गराउँदा हुने १६ फाइदा « Khabarhub

शिशुलाई स्तनपान गराउँदा हुने १६ फाइदा


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवजात शिशुलाई आमाको दूध अमृत समान मानिन्छ । त्यसैले शिशु ६ महिनासम्मको हुदाँ आमाको दूध मात्र सेवन गराउन चिकित्सक सुझाउछन् ।

आमाको दूधलाई पोषण मात्र नभई जीवनको आधार मानिन्छ । तर पछिल्लो पुस्ताका कतिपय आमाहरु बढ्दो आधुनिकतामा आफ्नो बच्चालाई स्तनपान गराउदैनन् । यो केवल बच्चालाई मात्र नभई आमाका लागी समेत हानिकारक छ ।

नयाँ पुस्ताका आमाहरु शरीर बिग्रने डरमा बच्चालाई आफ्नो स्तनपान गराउदैनन् । तर चिकित्सकहरु शिशुलाई कम्तिमा जन्मेको ६ महिनासम्म स्तनपानमा नै निर्भर राख्नुपर्ने बताउँछन् । स्तानपान अभावमा बर्षेनी हजारौँ बालबालिकामा कुपोषण समस्या रहने गरेको छ । त्यसैले शिशुको जीवनका लागि आमाको दूध अति नै महत्वपूर्ण हुन्छ ।

यस्तो छ, स्तनपानको फाइदा :

१. आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा हुन्छ ।
२. स्तनपान शिशु अघाउने सबैभन्दा सस्तो माध्यम हो, यसका निम्ती खर्च लाग्दैन ।
३. स्तनपान गराउने आमा र उनको शिशुको बिच भावनात्मक सम्बन्ध मजबुत हुन्छ ।
४. केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ जहाँ आमाको दूध सुरक्षित हुन्छ ।
५. स्तनपानले आमा र बच्चा दुवैलाई आत्मिय र सुरक्षित भएको अनुभूति दिन्छ ।
६. कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवति हुनबाट बचाउँछ ।
७. स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
८. आमाको दूधले शिशुको प्रतिरोधक क्षमता बढाउने गर्दछ ।
९. स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ ।
१०. आमाको दूधको सेवनले शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
११. स्तनपानले बच्चालाई क्यान्सर, पखाला र निमोनियाजस्ता रोगबाट बचाउँछ ।
१२. स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ ।
१३. आमाको दूधमा हुने प्राकृतिक रसायन पनि हुन्छन् यसले बच्चालाई लाभ पुर्याउँछ ।
१४. बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
१५. दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।
१६. स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगहरुबाट जोगाउँछ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ३० बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै