परीक्षण गरिएका व्यक्ति बिरामी भएपछि जोन्सन एन्ड जोन्सनको खोप परीक्षण स्थगित « Khabarhub

परीक्षण गरिएका व्यक्ति बिरामी भएपछि जोन्सन एन्ड जोन्सनको खोप परीक्षण स्थगित


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण रोकेको छ ।

खोप परीक्षण गरिएका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको कम्पनीले जानकारी दिएको छ ।

‘खोप दिइएपछि एक जना बिरामी भएकाले हामीले अस्थायी रुपमा कोभिड–१९ खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौँ, जसमा तेस्रो चरणको इन्सेम्बल परीक्षण पनि रहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो ।

अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइसकेको अवस्थामा खोपको असर देखिएपछि कोरोनाको भ्याक्सिन  विकासमा ढिलाई हुने भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ३७ बजे

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय