सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाइन शिक्षाको सहकार्य « Khabarhub

सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाइन शिक्षाको सहकार्य


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ लकडाउनमा सार्वजनिक विद्यालयको शिक्षा लगभग रोकिएको छ ।

जोन्टा क्लब काठमाडौंले यस अवस्थाको बारेमा चिन्तासहित यस्ता विद्यालयमा बालबालिकाहरु विशेष गरी केटीहरूले पीडित हुने हुँदा तथा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले, विद्यालयमा अनलाइन शिक्षा शुरू गर्न सहयोग पुर्‍याएको छ ।

यो पहल नेपालको सब भन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा शुरू भइरहेको छ ।

सनराइज बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंको यस पहललाई आंशिक रूपमा लगानी गरेर सहयोग पुर्‍याएको छ ।

बैंकबाट प्राप्त भएको रु ३ लाखको प्रारम्भिक सहयोगले यस विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिनेछ ।

महिला शिक्षकसँगै पुरुष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिनेछ । जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस योगदानलाई ठूलो सम्मान गर्दछ र बैंकसँग लामो र अर्थपूर्ण सहकार्यको लागि तत्पर छ ।

जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो । जोन्टाले यस्तो विश्वको कल्पना गरेको छ जहाँ महिलाको अधिकारलाई मानव अधिकारका रूपमा मान्यता दिइएको छ र हरेक महिला आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम छ ।

यस्तो संसारमा महिलाको सबै स्रोतमा पहुँच छ र पुरुषसँग समान आधारमा निर्णय लिने स्थितिमा प्रतिनिधित्व हुन्छ । यस्तो संसारमा कुनै पनि महिला हिंसाको डरले बस्दैनन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : ०५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग