म्यानमारको सेना समर्थित पार्टीद्धारा फेरि मतदान गराउन माग « Khabarhub

म्यानमारको सेना समर्थित पार्टीद्धारा फेरि मतदान गराउन माग


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ ।

सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन गराउनसमेत माग गरेको छ ।

गत आइतबार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ । नोवेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच वर्षे कार्यकालका लागि जित हासिल गरेको हो ।

सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गरेकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो । अहिलेको निर्वाचनले पनि सूचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ ।

असन्तुष्ट विपक्षी दलका कार्यकर्ताहरुले निर्वाचन आयोग अगाडि प्रदर्शन पनि गर्दै निर्वाचनको बैधता, निश्पक्षता, विश्वसनीयता र तटस्थतामा समेत प्रश्न उठाएका छन् ।

म्यानमारमा ३२२ सिट ल्याएमा बहुमत प्राप्त हुन्छ । सूकीको पार्टीले ३६१ सिटमा जित हासिल गरेको छ । सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ । अन्य दलहरुले ४८ ठाउँबाट जितेका छन् ।

सन् २०१५ को निर्वाचनमा सूचीको पार्टी ३९० स्थानमा विजयी भएको थियो । सेना समर्थित पार्टीले ४१ सिटमा विजय प्राप्त गरेको थियो ।

म्यानमारमा साठी वर्षभन्दा बढी समय शासन गरेको सेनाको समर्थन प्राप्त दल यूएसडीपीले पुनः निर्वाचनको माग गरेपछि त्रास उत्पन्न भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : १२ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक