भारतमा कोरोनाले १ लाख २८ हजार बढीको मृत्यु, ८७ लाख बढी संक्रमित « Khabarhub

भारतमा कोरोनाले १ लाख २८ हजार बढीको मृत्यु, ८७ लाख बढी संक्रमित


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४३ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख १३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : ४५ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण