नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल आज, जितको लक्ष्यमा नेपाल « Khabarhub

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल खेल आज, जितको लक्ष्यमा नेपाल


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदैछ ।

नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४:४५ बजे हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुन लागेको हो ।

लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।

‘मैत्रीपुर्ण खेलका लागि हामी (नेपाल) लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरैधेरै धन्यवाद । तर, मैत्रीपुर्ण खेलका लागि हामीले थोरै समय पायौँ । तर, खेल्न पाउनु नै ठूलो कुरा हो,’ खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने ।

नेपालले बंगलादेशसँग अन्तिम पटक २०१८ मा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले विजयी रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ३० बजे

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको