बलात्कारका आरोपित पक्राउ « Khabarhub

बलात्कारका आरोपित पक्राउ


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

स्थानीय ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

शौचालय गएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख बन्द गरी बाँसको झाडीमा लगेर यही कात्तिक २० गते बलात्कार गरेको पीडितले बताएकी छन् ।

यस्तै अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ ।

एक्लै देखेर मौका छोपी नियन्त्रणमा लिई करकापमा पारी कात्तिक २३ गते आरोपितले उसमान मियाँको आँपको बगैँचामा बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् । आरोपित हालसम्म पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : २५ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को