बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो | Khabarhub Khabarhub

बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन – अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन् ।

यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नु भएका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गरेका छन् ।

अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् ।

चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।

यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जितेका राज्यहरुमा पुनः मतगणना गर्न रिपब्लिकन पार्टीले देशव्यापी अभियान चलाएको छ ।

ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ । राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरुले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लिकन समर्थकले आरोप लगाएका छन् ।

हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एकएक गरी पुनः मतगणना गर्न लागिएको छ । यी दुबै राज्यले मतगणनाको कार्य सम्पन्न नभएको जनाउँदै राष्ट्रपति–निर्वाचित बाइडेनलाई प्रमाणपत्र दिएका छैनन् ।

मतगणनाको कार्य पूरा नभएको र कानुनी लडाइँ बाँकी रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गरेका छन् ।

राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै हार स्वीकारेका छैनन् ।

राष्ट्रपति ट्रम्पले यसबीचमा रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुका साथै विदेश मन्त्री माइक पोम्पेओलाई विदेश भ्रमणको स्वीकृति दिएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ३ : ४६ बजे

रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि

सियोल– दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा

रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

चुरे संरक्षणका लागि दोहन रोकौँ : उपप्रधानमन्त्री सिंह

महेन्द्रनगर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म

कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक

दुबईः आप्रवासी कामदारका सम्बन्धमा कानुनी अधिकारको दुरुपयोग गरेको आरोप लागेको