देशभर ४७४ कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर ४७४ कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आईसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा गरी हालसम्म ४७४ जनाकाे उपचार भइरहेको छ  ।जसमध्ये आईसीयुमा ३८७ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ।

मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा १ सय ६८ आईसीयु, भेन्टिलेटरमा ६१ र होम आइसोलेसनमा १८ हजार ७ सय ४३ छन्।

लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा २ हजार २ सय ३७ जना छन्। आईसीयुमा ७१ र भेन्टिलेटरमा १ जना छन्।

प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ३२, आईसीयुमा ४९ र भेन्टिलेटरमा १२ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ८ सय १६, आईसीयुमा ६९ र भेन्टिलेटरमा ११ जना छन्।

प्रदेश २ मा १४ संक्रमित आईसीयुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन्। होम आइसोलेसनमा ८ सय ९७ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ८५ पुगेको छ। आईसीयुमा ११ जना उपचाररत छन्।

त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या १ हजार ३९ र आईसीयुमा ५ जना संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ३८ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले