प्रदेश १ मा थपिए ३६४ कोरोना संक्रमित « Khabarhub

प्रदेश १ मा थपिए ३६४ कोरोना संक्रमित


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन-तीन, सङ्खुवासभा र धनकुटामा दुई-दुई, ओखलढुङ्गा र भोजपुरमा एक-एक र प्रदेश बाहिरका २२ जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ । प्रदेशमा आज ७३६ सङ्क्रमित निको भई घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : १० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले