जहाजको यात्रा गर्दै हुनुहुन्छ ? भुलेर पनि नगर्नोस् यी गल्ती « Khabarhub

जहाजको यात्रा गर्दै हुनुहुन्छ ? भुलेर पनि नगर्नोस् यी गल्ती


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – के तपाईं जहाजको यात्रा गर्दै हुनुहुन्छ ? त्यसो हो भने यात्राका क्रममा यस्ता गल्ती भुलेर पनि गर्नु हुँदैन ।

यहाँ हामीले जहाजमा यात्रा गर्दा ध्यान दिनुपर्ने केही कुराहरुको बारेमा चर्चा गर्न गइरहेका छौं ।

१. तपाईलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो ।

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकी फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछिसम्म शारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसले तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई हिल्स नलगाउनुस् । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।

६. फ्लाइटको समयमा सकेसम्म हावा आउ(जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । बिशेष गरि प्रेग्नेन्ट महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।

८. प्लेनमा पाईजामा नलगाउनुस, यो जति लगाउन सहज भएपनि यो घरकै लागि हो । यदी रातको समयको फ्लाईट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाईजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो ।

९. केहि मानिसहरु प्लेनमा मोजा फुकालेर बस्छन तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस । यसको कारण तपाइलाई अरुले घृणा गर्छन ।

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०.२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : १५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर