ओशोको बायोग्राफीमा अभिनय गर्ने राजबल्लभको चाहना « Khabarhub

ओशोको बायोग्राफीमा अभिनय गर्ने राजबल्लभको चाहना


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय दार्शनिक तथा पब्लिक स्पिकर रजनीश ओशोका नेपालमा पनि उत्तिकै शुभचिन्तक छन् । ओशोका विचारबाट प्रभावित भएका कैयन् मानिसले उनलाई भगवान् मान्छन् ।

ओशोको जीवन आफैमा निकै चाखलाग्दो छ । भारतमा जन्मिएका ओशोले लामो समयसम्म अध्यात्म र दर्शनलाई विस्तार गरिरहे । उनका विचारबाट प्रभावित व्यक्तिले ओशो मार्ग अपनाउने गरेका छन् ।

ओशोले दिएका प्रवचनका भिडियो साम्रगी युट्युबमा समेत सुन्न सकिन्छ भने पुस्तकका रुपमा पनि प्रकाशन भएका छन् ।

यसैबीच अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले ओशोको जीवनमा आधारित फिल्म बने त्यसमा आफूले अभिनय गर्न चाहेको धारणा राखेका छन् ।

शनिवार राजबल्लभले सामाजिक सञ्जाल फेसबूकमा ओशो र आफ्नो तस्वीर शेयर गर्दै लेखेका छन् – ‘ओशोसम्बन्धि चलचित्र बनाउन कसैले खोज्यो भने र मैले थाहा पाएँ भने अडिसनमा यही फोटो पठाउनु पर्ला ।’

राजबल्लभले शेयर गरेको तस्वीरमा उनको लूक ओशोसँग हल्का मिल्छ ।

पछिल्लो समय राजबल्ल कोइराला नेपाली फिल्म क्षेत्रबाट टाढा छन् । यसअघि उनी केही समयका लागि नेपालमा आएका थिए । पछि फेरि उनी अमेरिका फर्किए ।

सामाजिक सञ्जालमा भने राजबल्लभ सक्रिय भइरहन्छन् । नेपाली फिल्मबाट टाढा भए पनि उनले फिल्मप्रति चासो भने राख्ने गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १ : ४५ बजे

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि