शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

अर्को बैठक पुस १ गते बस्ने


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ ।

पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो । पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड- १९) बाट मंसिर २४ गते निधन भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेका थिए ।

अर्को बैठक पुस १ गते १:०० बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

मंसिर २१ बाट सुरु भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  २ : १४ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई