युवतीको जिब्रोको मूल्य १६ करोड तोकियो « Khabarhub

युवतीको जिब्रोको मूल्य १६ करोड तोकियो


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो ।

लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन । ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् । उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो ।

उनले चकलेटको स्वाद पूर्ण रुपमा सही भएको र नभएको ठहर गर्छिन् । बीमा कम्पनीले पनि ती युवतीलाई स्वाद लिने इन्द्रीयलाई नोक्सान पुर्‍याउने कुनै काम नगर्न सुझाव दिएको छ ।

घर तथा गाडी, बहुमूल्य वस्तु लगायतका चीजको महँगो मूल्य तोकिए पनि युवतीको जिब्रोको यति धेरै मूल्य तोकिएको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको जिब्रोलाई तोकिएको मूल्य नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन आउँछ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १ : २४ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै