काठमाडौं उपत्यकामा थपिए ३४८ संक्रमित, ३ को मृत्यु  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३४८ संक्रमित, ३ को मृत्यु 


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५० महिला र १९८ पुरुष गरी ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो  २४ घण्टाको अवधिमा काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको उनले बताए ।

नयाँ थपिएका संक्रमितसँगै काठमाडौँ उपत्यकामा मात्र हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

 

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९२ हजार ९४६ पुगेको छ । जसमा ४४३ जनाको मृत्यु भएको छ भने ८८ हजार २५८ जना निको भएका छन्। काठमाडौँमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार २४५ रहेको छ ।

यसैगरी ललितपुरमा संक्रमितको संख्या १४ हजार ३८२ पुगेको छ । जसमा १३३ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार ३९२ जना निको भएका छन्। हाल ललितपुरमा  सक्रिय संक्रमितको संख्या ८५७ रहेको छ ।

यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ४५२ पुगेको छ । जसमा ९७ को मृत्यु भएको छ भने  ८ हजार ५ जना निको भएका छन्। भक्तपुरमा हाल सक्रिय संक्रमितको संख्या ३५० रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ४८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ