२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको जनाकारी दिएको छ। जसमध्ये गत २४ घण्टामा ८३० नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये प्रदेश १ को इलाममा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा १० जना रहेका छन ।

यसैगरी प्रदेश २ को धुनषामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वाग्मती प्रदेशको काठमाडौंमा २५८, काभ्रेमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रोमछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १ जना कोरोना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार  गण्डकी प्रदेशको कास्कीमा ५३, गोरखामा ३, तनहुँमा १३, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ९, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १६, पाल्पामा ९, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा २३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोटमा २, दैलेखमा ६, रुकुम पश्चिममा ८, सल्यानमा ६ र सुर्खेतमा १८ जना कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा १, डोटीमा १४, दार्चुलामा १, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ५९ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता