काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार २ सय २५, ललितपुरमा ८ सय ५७ र कास्कीमा ६ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । हाल मनाङमा मात्र संक्रमणमुक्त भएको छ ।
प्रतिक्रिया