सरकारी ‘बाचा’ पूरा नभएको भन्दै सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन (भिडियोसहित) « Khabarhub

सरकारी ‘बाचा’ पूरा नभएको भन्दै सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन (भिडियोसहित)


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले श्रम पसिनाको मूल्य पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

‘सरकार किसानलाई बाँच्न देउ’,श्रम र पसिनाको मूल्य पाउँ, पेट छ खाली परिवार भोकले हाहाकार’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाएको थियो ।

सम्झौता भएको करीव एक वर्ष  पुग्न लाग्दा समेत बक्यौता रकम नपाएको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।

यसपटक भने उधारोमा सहमति नगर्ने अडानका साथ आन्दोलनमा उत्रिएको पीडितहरुले बताएका छन् ।

हेरौँ भिडियो

केही तस्वीरहरु

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ०० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको