सरकारको विरोध गर्दै नेविसंघद्वारा सिठ्ठी जुलुस « Khabarhub

सरकारको विरोध गर्दै नेविसंघद्वारा सिठ्ठी जुलुस


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ ।

नेविसंघले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारको गतिविधिको विरोध गर्दै सिठ्ठी जुलुस निकालेको हो ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ ।

त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको सिठ्ठी जुलुसमा सहभागीहरुले आरोप लगाए ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जनताले दिएको दुईतिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केही पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिठी जुलुस निकालिएको बताए ।

त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको गतिविधि लोकतन्त्र विरोधी भएकाले जुलुस निकालिएको जनाए । उनले अबका दिनमा पनि सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेसले सोमबार सरकारको विरोध गर्दै देशभर प्रदर्शनको तयारी गरेको छ । मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : १५ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो