हुम्लाकी गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

हुम्लाकी गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकाबाट एकजना गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

वडा नं ७ रोडिकोड, कार्कीबाडा गाउँका ३३ वर्षीया जमुना कार्कीको आज उद्धार गरिएको हो । शिशु उल्टो भएर बसेकाले कार्कीले जन्म दिन नसकेपछि उनको उद्धार गरिएको हो ।

चार दिनदेखि सुत्केरी व्यथा लागेकी उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत  सुर्खेत लगिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन ।

चार दिनदेखि व्यथा लागेकी कार्कीको पेटमा शिशु उल्टो भएर ज्यान जोखिममा भएका भन्दै आफन्तले उद्धारका लागि जिल्ला अस्पताल र जिल्ला प्रशासनमा खबर गरेपछि आज उद्धार गरिएको हो ।

गाउँका स्वास्थ्य संस्थामा जटिल स्वास्थ्य समस्या उपचारका लागि स्रोत साधन नहुँदा हेलिकोप्टरबाट जिल्लाबाहिर लिनुपर्ने बाध्यता छ । सर्केगाडबाट जिल्ला सदरमुकाम सिमकोट पुग्न दुई लाग्छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ बमोजिम उद्धार हुँदै आएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएका, गर्भमा नै बच्चाको मृत्यु भई समस्यामा परेका, गर्भावस्थामा हात, खुट्टा शरीर सुन्निएका, अधिक रक्तस्राव भएका, रक्तअल्पता भएका हिमाली जिल्लाका महिलालाई नेपाल सरकारले निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : १७ बजे

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म