कैलालीमा थप दुई कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

कैलालीमा थप दुई कोरोना संक्रमितको मृत्यु


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप दुई महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलालीकी ५५ वर्षीया र ७५ वर्षीया महिला रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

हालसम्म प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका १० जनाको सघन उपचारमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा हाल सक्रिय संक्रमितको संख्या २ हजार ३२५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लाका गरी थप ६९ जना सङ्क्रमित भएको पुष्टि भएको छ । आज थपिएकासमेत गरी हालसम्म प्रदेशमा कूल सङ्क्रमित १२ हजार ३७८ पुगेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : ४७ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले