कैलालीमा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

कैलालीमा थप दुई कोरोना संक्रमितको मृत्यु


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप दुई महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलालीकी ५५ वर्षीया र ७५ वर्षीया महिला रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

हालसम्म प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका १० जनाको सघन उपचारमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा हाल सक्रिय संक्रमितको संख्या २ हजार ३२५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लाका गरी थप ६९ जना सङ्क्रमित भएको पुष्टि भएको छ । आज थपिएकासमेत गरी हालसम्म प्रदेशमा कूल सङ्क्रमित १२ हजार ३७८ पुगेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : ४७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ