ए डिभिजन लिग फुटबलः शीर्ष स्थानमा उक्लिने दाउँमा आर्मी « Khabarhub

ए डिभिजन लिग फुटबलः शीर्ष स्थानमा उक्लिने दाउँमा आर्मी


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज संकटा क्लब र विभागीय टोली आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

गत वर्षको उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ । पाचौं स्थानमा उक्लिने दाउमा संकटा रहेको छ । संकटा ७ अंक सहित आठौं स्थानमा छ ।

संकटाविरुद्ध आर्मी पाचौं खेल जित्ने लक्ष्यमा छ । आर्मी लगातार चौथो जित निकाल्न चाहन्छ ।

संकटाविरुद्ध आर्मीले कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकेश कुथु, विकाश खवास, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल जस्ता स्टार खेलाडीलाई मैदान उतार्ने छ । संकटा पनि आफ्ना खेलाडीले विस्तारै लय समात्दै गएकाले आर्मीविरुद्ध जित निकाल्ने दाउमा छ ।

राष्ट्रिय टिमका दुई खेलाडी सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ पाएको संकटा आर्मीविरुद्ध गतसिजन ब्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ७ : १४ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६