म्याद नाघेका खाद्य वस्तु बरामद « Khabarhub

म्याद नाघेका खाद्य वस्तु बरामद


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

टोलीले यो ट्रेडर्सबाट बिक्रीका लागि राखिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चियापत्ती, चिसो पेयपदार्थलगायतका वस्तु फेला पारेको थियो ।

पसलबाट उपभोग्य मिति समाप्त भएको वस्तु फेला परेको, कतिपय वस्तुको खरिद बिल नभएको र पसल नवीकरणसमेत नगरेकाले सञ्चालकलाई ५० हजार जरिवाना गर्नुका साथै २४ घण्टाभित्र पसल दर्ता गराउन निर्देशन दिइएको उनले बताए ।

प्रमुख पौडेल नेतृत्वको संयुक्त बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्त हित संरक्षण मञ्च र वडा प्रहरी कार्यालयका पदाधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ७ : ३४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका