स्थानीय तहमा बेरुजुको चाङ « Khabarhub

स्थानीय तहमा बेरुजुको चाङ


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- महालेखा परीक्षकको कार्यालयले खोटाङका १० वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औँल्याएको हो ।

प्रतिवेदन अनुसार ऐसेलुखर्क गाउँपालिकामा आव २०७५/०७६ मा रु १४ लाख ६१ हजार ७७७ बेरुजु औल्याइएको छ । अघिल्लो आवमा गाउँपालिकामा रु ४० लाख ३४ हजार ५६६ बेरुजु देखिएको थियो ।

अघिल्लो आवमा रु तीन करोड ३६ लाख ७१ हजार ८०६ बेरुजु पाइएको केपिलासगढी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ६२ लाख २८ हजार २८७ बेरुजु देखिएको छ । अघिल्लो आवमा रु ७४ लाख ४६ हजार ४९९ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आव २०७५/०७६ मा रु तीन करोड १८ लाख १९ हजार ३५४ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ ।

आव २०७४/०७५ मा रु चार करोड ४४ लाख ९८ हजार ९८९ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आव २०७५/०७६ मा रु एक करोड ३१ लाख २९ हजार ७०१ बेरुजु रहेको छ । आव २०७४/०७५ मा रु चार करोड ५० लाख १३ हजार ६१९ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आव २०७५/०७६ मा रु दश करोड २५ लाख दुई हजार ८९९ बेरुजु भटिएको छ ।

अघिल्लो वर्षमा रु एक करोड १६ लाख ९५ हजार १९५ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ९५ लाख ९५ हजार ९०९ बेरुजु देखिएको छ । आव २०७४/०७५ मा रु दुई करोड ४० लाख छ हजार १६२ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ११ लाख ८१ हजार ४७८ बेरुजु रहेको देखाइएको छ ।

यस्तै, आव २०७४/०७५ मा रु दुई करोड ८७ लाख ५२ हजार ५०१ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आव ०७५/०७६ मा रु एक करोड २० लाख ७८ हजार ३०१ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : ३१ बजे

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२-८३ मा २०६