दुई श्रीमतीको करले चोर समातियो « Khabarhub

दुई श्रीमतीको करले चोर समातियो


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मानिसले विदेशबाट थुप्रै पैसा कमाएर ल्याएको थियो । यो कुरा एउटा चोरले थाहा पाएछ र ऊ त्यो पैसा चोर्ने विचारले साँझपख त्यो मानिसको घरनजिकै गएछ । अनि कतिखेर सुत्दा रहेछन् भनेर चियो गर्न थालेछ ।

त्यो मान्छेको दुईतले घर, आँगनमा चुलो, दुईवटी श्रीमती थिए । जेठीको सुत्ने कोठा घरको माथ्लो तला र कान्छीको तल्लो तलाको कोठामा थियो । भात खाइसकेपछि घरमूलीले सुत्न जाऊँ भन्यो । जेठीले माथि जौं भनी ।

घरमूली माथि जान खुड्किला चढ्न लाग्यो । त्यही बेला कान्छीले हात समाएर तल आउनू भनी । ऊ तल आउन लाग्यो । त्यही बेला जेठीले माथि आउनू भन्दै हात समाएर माथि तानी । कान्छीले तल तानी । जेठी माथि तान्छे, कान्छी तल । दुईतिरबाट तानातान हुँदाहुँदै तीनैजना भर्याङबाट खसे ।

चोरले तिनीहरुको हाल चाख मानेर हेरिरहेको थियो । ऊ खित्का छाडेर हाँस्यो । सबैले चोरचोर भनेर समाते र पुलिसकोमा पुर्‍याए ।

पुलिसको हाकिमले सोध्यो— ‘तँलाई के दण्ड दिऊँ ?’

चोरले भन्यो— ‘साप ! अरु जे दण्ड दिनुहुन्छ दिनुहोस् । तर, दुइटी श्रीमतीको श्रीमानचाहिँ नबनाइदिनुहोला ।’

पुलिस हाकिमले भन्यो— ‘किन ?’

चोरले भन्यो—‘दुइटी श्रीमती हुनेको लीला हेर्दा त मैले पक्राउ पर्नुपर्यो झन् आफ्नै दुइटी हुँदा मेरो के गति होला !’

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : २६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज