चौथो दिन ‘छपाक’ को कमाइमा भारी गिरावट, तानाजीको कमाइ राम्रो « Khabarhub

चौथो दिन ‘छपाक’ को कमाइमा भारी गिरावट, तानाजीको कमाइ राम्रो


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित फिल्म ‘छपाक’ ले बक्स अफिसमा कमाइ गर्न सकेको छैन । दीपिका पादुकोण स्टारर यो फिल्मले चार दिनमा जम्मा २१ करोड ३७ लाख भारु कमाइ गरेको छ ।

भारतीय मिडियाका अनुसार ‘छपाक’ ले शुक्रवार ४ करोड ७७ लाख रुपैयाँ बराबरको कमाइ गर्दै ओपनिङ गरेको थियो । फिल्मले सोमबार भने जम्मा २ करोड ३५ लाख भारु कमाइ गरेको छ ।

यता ‘छपाक’ सँगै रिलिज भएको अजय देवगनको फिल्म ‘तान्हाजी’ ले भने चौथो दिनमा ७५ करोड कमाइ गरिसकेको छ । दुवै फिल्मको कमाइ हेर्दा दर्शकले अजयको तान्हाजीलाई मन पराएका छन् ।

फिल्म ‘छपाक’ रिलिजअघि पनि विवादमा तानिएको थियो । बिहेपछि दीपिका यही फिल्मबाट बलिउडमा कमब्याक गरेकी थिइन् । तर, फिल्मलाई दर्शकले पत्याएनन् ।

यता हलमा रिलिज भएको अजयको तान्हाजीले दर्शकको मन जित्न सफल भएको छ । फिल्ममा अजयका अलावा सैफ अली खान, काजोल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ०९ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र