अमेरिकाले चीनमाथि लगाएको आरोप फिर्ता « Khabarhub

अमेरिकाले चीनमाथि लगाएको आरोप फिर्ता


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ ।

अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ।

अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ।

चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो।

गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो। यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।

अमेरिका र चीनले सम्झौतामा यसै हप्ता हस्ताक्षर गर्ने सम्भावना छ। सन् २०१८ देखि सीमा शुल्कलगायतका विषयमा एकअर्काको विरुद्ध उभिएका अवस्थामा तनाव कम गर्न यो सम्झौता गर्न लागिएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि पटकपटक आफ्नो देशमा उत्पादन भएका वस्तुको बजार भाउ कम देखाउन चिनियाँ मुद्राको मूल्य घटाएको आरोप लगाउँदै आएका छन्।

तर सोमवार अमेरिकाले गत अगस्ट महिनाबाट चिनियाँ मुद्रा युआनको मूल्य बढ्दै गएको बताएको छ।

आफ्नो मुलुकको उत्पादन क्षेत्रमा चीनले प्रभाव पारेको आरोप लगाउँदै आएका ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला चीनलाई मुद्रा अवमूल्यन गरेको आरोप लगाउने प्रतिबद्धता जनाएका थिए।

तर राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरे पछि भने उनी त्यो विषयमा नरम देखिए।

सन् १९९४ यता अमेरिकाले आधिकारिक रूपमा पहिलोपटक कुनै देशलाई मुद्रा अवमूल्यनको आरोप लगाएको हो।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : २३ बजे

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा