निकुञ्ज ऐन परिमार्जन हुँदै छ: प्रचण्ड « Khabarhub

निकुञ्ज ऐन परिमार्जन हुँदै छ: प्रचण्ड


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताएका छन् ।

माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा आजदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उनले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गरे ।

सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गरेका थिए ।

पूर्वप्रधानमन्त्री दाहालको माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको जानकारी दिए । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय कक्ष छन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ५ : १९ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा