ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ « Khabarhub

ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ वर्षीय मोहम्मदहसिद राइन साहजीलाई सोमबार साँझ प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा गत २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला लगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नगरपालिका २ निवासी ५५ वर्षीय राशलाल मण्डललाई पक्राउ गरेको छ । अभियुक्त मण्डलका साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गरिरहेको भैैंसीसहित प्रहरीले सिरहा– २० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

यसैगरी प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेको चार भैंसीसहित भारतको खजुरी पञ्चायत ४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ६ : ०६ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको