को हुन् नेपालका लागि नयाँ भारतीय राजदूत क्वात्र ? « Khabarhub

को हुन् नेपालका लागि नयाँ भारतीय राजदूत क्वात्र ?


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूतमा चयन भएका विनयमोहन क्वात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

सन् १९८८ मा भारतीय विदेश सेवा (आईएफएस)मार्फत सेवा प्रवेश गरेका क्वात्र सन् १९९३ सम्म भारतीय स्थायी नियोग जेनेभामा कार्यरत थिए ।

फ्रेञ्च, अंग्रेजी, रुसी र हिन्दी भाषामा धाराप्रवाह क्षमता भएका यी कुटनीतिज्ञको संयुक्त राष्ट्र संघीय विभिन्न एजेन्सीहरु लगायत मानव अधिकार आयोगको समेत कार्यानुभव छ ।

विज्ञानमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरेका उनले सन् १९९३ देखि २००३ सम्म संयुक्त राष्ट्र संघमा भारतका लागि डेक्स अफिसर तथा दक्षिण अफ्रिका र उज्वेकिस्तानस्थित भारतीय कुटनीतिक नियोगमा कार्यरत थिए ।

सन २००३ देखि २००६ सम्म क्वात्र चीनमा डपुटी चिफ अफ मिशनका रुपमा कार्यरत थिए । सन् २००६ देखि २०१० सम्म यी कुटनीतिज्ञले काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त व्युरोमा प्रमुखका रुपमा सेवा गरेका थिए ।

सन् २०१० देखि २०१३ सम्म उनी संंयुक्त राज्य अमेरिकास्थित भारतीय नियोगमा वाणिज्यदूतका रुपमा कार्यरत थिए । उनी सन् २०१३ देखि २०१५ सम्म भारतीय विदेश मामिला मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान विभागका प्रमुख थिए । त्यहाँ रहँदा उनले अमेरिका महाद्धिप हेर्ने डेस्कको पनि नेतृत्व गरेका थिए ।

सन् २०१५ देखि २०१७ सम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोर टिमका रुपमा उनले सहसचिवको हैसियतमा प्रधानमन्त्री कार्यालयमा सेवा गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ८ : ३६ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा