गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार गिरीलाई प्रदान गरिने « Khabarhub

गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार गिरीलाई प्रदान गरिने


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गर्ने भएको छ ।

समाजका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार स्वर्गीय गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको विशेष पत्रकारिता पुरस्कारको रासी १५ हजार रुपैया रहेको छ।

निरन्तर दुई दशकदेखि पत्रकारिता क्षेत्रमा रहेका गिरी हाल सगरमाथामा आवद्ध छन् । उनले राजनीति, समाज र समसामयिक विषयमा बहस तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्।

यस्तै यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार” भने नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईटेललाई प्रदान गरिने भएको छ। त्यसैगरी ‘सम्पादक समाज सम्मान”बाट वरिष्ट पत्रकार एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र वरिष्ट पत्रकार माधवकुमार रिमाललाई सम्मान गरिने भएको छ भने सम्पादक समान जयप्रसाद दाहाललाई मरणोपरान्त प्रदान गर्न लागिएको समाजका संयोजक एवं कार्यसमिति सदस्य हरि लम्सालले जानकारी दिए ।

स्वर्गीय गोविन्द वियोगीको १४ औंं पुण्यतिथिका अवसरमा आगामी माघ ४ गते शनिवार उक्त पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : २८ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले