‘तोकिएको समयमा काम सम्पन्न नगर्नेलाई कारवाही’ « Khabarhub

‘तोकिएको समयमा काम सम्पन्न नगर्नेलाई कारवाही’


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारबाट सञ्चालित कुनै पनि योजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने निर्देशन दिए।

जोरायल गाउँपालिका वडा नं २ बुडरस्थित रामपुर माविमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेटबाट जिल्लामा सञ्चालन भइरहेका सम्पूर्ण योजना तोकिएको समयमै सम्पन्न गरिसक्नुपर्ने बताए ।

उनले भने, ‘प्रदेश सरकारको बजेटबाट छनोट भएका योजनामा हामी कडा अनुगमन गर्दै छौं । तोकिएको समयमा काम नसके कारवाही गछौँ ।’

उनले बुडरको रामपुर माविमा रु ९८ लाख १४ हजारमा निर्माण भएको आठकोठे भूकम्प प्रतिरोधी भवनको समेत उद्घाटन गरेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : १० बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६