‘समृद्ध नेपाल सुखी नेपाली’अभियानमा सघाउन चेम्बरलाई आग्रह « Khabarhub

‘समृद्ध नेपाल सुखी नेपाली’अभियानमा सघाउन चेम्बरलाई आग्रह


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ को सपना साकार पार्नका लागि वर्तमान सरकारको प्रयासमा साथ दिन नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुलाई आग्रह गरेकी छिन् ।

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार भएको शिष्टाचार भेटमा राष्ट्रपति भण्डारीले उनले शक्ति र क्षमतामा आधारित अर्थतन्त्रको बिकासमा जोडदिनुपर्ने बताएकी हुन् ।

उनले स्वाधिन अर्थतन्त्र निर्माणको दिशातर्फ उन्मुख हुन सरकारको प्रयासलाई सघाउन आग्रह गरिन् ।

६९ औ वार्षिक साधारण सभा, चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन विभिन्न जिल्ला तथा नगरबाट आएका भएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका व्यावसायिक क्षेत्रका विविध पक्षहरुवारे राष्ट्रपति समक्ष चर्चा गरेका थिए ।

उनले नेपाल भ्रमण वर्ष २०२० लाइ सफल पार्न जिल्ला स्तर तथा नगर स्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतिबारे समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ११ : २१ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य