ए डिभिजन लिगमा आज ३ खेल हुँदै | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज ३ खेल हुँदै


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन् । तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे शुरु हुनेछ । शीर्ष ६ को दौडबाट बाहिरिसकेका दुबै टिमबीच प्रतिष्ठाको लडाई हुनेछ । एनआरटी लिगको पाँचौ जीतको खोजीमा हुनेछ । शेर्पा तेस्रो जीत निकाल्न चाहन्छ ।

दोस्रो खेल मध्यान १२ बजे शुरु हुनेछ । च्यासलविरुद्ध जीत निकाल्दै थ्री स्टार शीर्ष तीनमा पर्न चाहन्छ । तर उसलाई जीतले मात्रै पुग्दैन ।

तेस्रो खेलमा मनाङ भने जावलाखेलसँग पराजीत हुनुपर्नेछ । च्यासलसँग थ्री स्टारको जीत र जावलाखेलसँग मनाङले हारको समीकरणले मात्र थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।

आज च्यासल पाँचौ जीतको खोजीमा हुनेछ । च्यासलले आफ्ना तीन विदेशी खेलाडी मैदान उतार्ने छ भने थ्री स्टारले ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।

यस्तै तेस्रो खेलमा जावलाखेल र साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् । खेल दिउँसो साढे ३ बजे एन्फा मैदानमा शुरु हुनेछ ।

जावलाखेल र मनाङ दुबैले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । मनाङ भने आज तेस्रो स्थानको लागि भिड्दैछ । तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्न मनाङलाई जीतको विकल्प छैन ।

दिनको दोस्रो खेलमा थ्री स्टारले जीत निकाले मनाङलाई जीत्नैपर्ने दबाब छ । थ्री स्टारको बराबरी तथा हारले मनाङलाई स्वत फाईदा पुग्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : १० बजे

कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं

इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तु वाणगंगा

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

जुम्ला– जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको